जैमिनीमा आदर्शको श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सहकारीका शेयर सदस्य जैमिनी नगरपालिका–७ जैदी निवासी विकास पोडेलेको निधन भएको १२ औं दिनको पुण्य तिथि पारेर शनिबार श्रद्धाञ्जली सभा सहित मृतकका आफ्न्तलाई राहात हस्तान्तरण गरेको हो ।

संस्थाका शेयर सदस्य बिजय रानाले शेयर सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप रु १५ हजार रुपैयाँ स्वर्गिय विकास पौडेलका भाई विष्णुराज पौडेललाई हस्तान्तरण गर्नु भएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले संस्थाको सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

धौलागिरीको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ४ सय जना शेयर सदस्य, ५ करोड शेयर रकम, ३४ करोड बचत, ३१ करोड कर्जा लगानी र ४० करोड कुल सम्पत्ती रहेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *