रेडक्रस बागलुङद्वारा शोकसभा

आदर्श अनलाइन, बागलुङ
स्वर्गीय विकास पौडेलको निधनको १३ औं दिनको पुण्यतिथीमा नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला शाखाले श्रद्धाञ्जली अर्पण गरेको छ । शाखाले बागलुङ उपल्लाचौरमा रहेको कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी स्वर्गीय पौडेलको सम्झना गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको हो । स्वर्गीय पौडेल नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङको मन्त्री पदको जिम्मेवारीमा थिए । श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्ने वक्ताहरुले पौडेलको शालिनता र लगनशीलता सबैले अनुसरण गर्न योग्य रहेको बताए ।

‘विकासजीको शालिनता र कामप्रतिको लगनशीलता सबैले सिक्न योग्य पाठ थियो,’ उनीहरुले भने,‘उहाँको निधनले रेडक्रसको अभियानमा ठूलो धक्का लागेको छ । उहाँको निधन पुगेको क्षति वर्षौंसम्म पनि पूरा गर्न कठिन हुनेछ ।’ विकास पौडेल सबैको प्रिय व्यक्ति भएको र चाँडै नै भगवानको पनि प्रिय बनेको उनीहरुको भनाई थियो । अल्पायुको जीवनमै पौडेल सामाजिक क्षेत्रमा पु¥याएको योगदान निकै स्मरणीय रहेकाले त्यसलाई स्मरण गरिरहने वाताबरण बनाउनका लागि सबै संघ संस्था मिलेर अगाडी बढ्ने उनीहरुको भनाई थियो ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापति जब्बरबहादुर लामिछानेको अध्यक्षता भएको शोकसभामा नेपाल परिवार नियोजन संघका अध्यक्ष एवं बागलुङ उद्योग वाणिज्य संघका सल्लाहकार निर्माणकुमार श्रेष्ठ बासु, चिल्ड्रेन लाईफ इङ्लीस बोर्डिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठ, रेडक्रस जिल्ला उपसभापति राजेन्द्र आचार्य, जिल्ला सदस्य जगन्नाथ आचार्य, नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखा सभापति रविप्रसाद शर्मा रेग्मीले शोक व्यक्त गर्दै रेडक्रस र अन्य सामाजिक संस्थामा विकास पौडेलेको योगदान बारेमा उल्लेख गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला शाखाका उपसभापति उषा पौडेलले स्वर्गीय विकास पौडेलको जीवनी र योगदानबारे जानकारी गराएकी थिईन् । शोकसभाको सञ्चालन नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला शाखाका सदस्य तेजप्रसाद शर्माले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *