प्रेस युनियन बागलुङले ‘जनप्रतिनिधिसँग प्रेस युनियन’ कार्यक्रम संचालन गर्ने

आदर्श अनलाइन, बागलुङ
नेपाल प्रेस युनियन बागलुङले ‘जनप्रतिनिधि सँग प्रेस युनियन’ कार्यक्रम संचालन गर्ने भएको छ । प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा बसेको बैठकले जिल्लाका दश वटै स्थानिय तहमा उक्त कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । युनियनले जिल्लाका सबै स्थानियले हाल सम्म गरेका गतिविधी र स्थानिय स्तरमा देखिएका चुनौती र समस्याका बारेमा छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

‘युनियन जिल्लाका सवै स्थानिय तहमा पुग्ने छ । त्यहाँ भएका राम्रा नराम्रा गतिविधि बाहिर ल्याउने छौं आम नागरिकलाई सु–सुचित गर्नेछौं युनियन बागलुङका अध्यक्ष पन्तले भने,–‘यस कार्यक्रममा नागरिकको पनि प्रत्यक्ष सहभागिता रहने छ । स्थानिय तहमा भएका गतिविधिका बारेमा सवै कुरा नागरिकले पनि राख्न सक्नेछन ।’ जनप्रतिधि सँगको कार्यक्रम संचालनका क्रममा उठेका कुरालाई जिल्लाका विभिन्न संचार माध्यमबाट प्रशारण/प्रकाशन गर्नुका साथै स्थानिय तहका गतिविधिको बारेमा पुस्तक नै तयार पार्ने पन्तले बताए ।

बैठकले कार्यक्रम संचालनका लागि आवश्यक तयारी गर्नका निम्ती युनियनका उपाध्यक्ष द्धय संगम घर्ति मगर र सुवास आचार्यलाई जिम्मेवारी प्रदान गरेको सचिव नारायण रिजालले जानकारी दिए ।
बैठकले प्रेस युनियनका पुर्व सचिव एवं केन्द्रिय प्रतिनिधि विकास पौडेलको गत पौष २८ गते भएको दुःख निधनले सिंगो प्रेस युनियन र बागलुङका पत्रकारितामा ठुलो क्षती पु¥याएको भन्दै पौडेल प्रति शोक प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी युनियनका केन्द्रिय प्रतिनिधि भवानी प्रसाद कंडेलका बाबु भवदत्त कंडेलको निधनमा प्रति पनि शोक प्रस्ताव पारित गरेको सचिव रिजालले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *