बागलुङमा सूचना तथा प्रसारण विभागको घुम्ती शिविर

आदर्श अनलाइन, बागलुङ
बागलुङमा मंगलबारदेखि सूचना तथा प्रसारण विभागले घुम्ती शिविर सञ्चालन गरेको छ । सूचना तथा प्रसारण विभागको आयोजना र पत्रकार महासंघ बागलुङको संयोजनमा शिविर संचालन भएको हो ।

शिविरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नविकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी दर्ता लगायत सेवा प्रदान हुने छन् ।

साविक धौलागिरीका ४ जिल्ला जिल्लाका पत्रकारलाई सहज रुपमा सेवा दिनको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जिल्लामा तीन दिने घुम्ती शिविर सञ्चालन गरेको हो ।

तालिम सचालनको कार्यक्रमलाई सम्बोधन गर्दै विभागका निर्देशक सुमन बज्राचार्यले यसरी जिल्लामा विशिर संचालन गर्दा धेरै पत्रकार र संचार गृहलाई ठूलो राहत मिल्ने बताउनुभयो ।

शिविरमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका पत्रकारले सेवा लिईरहेका छन् । सञ्चार गृह र पत्रकारले जिल्लास्तरमै सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले विभागले देशका विभिन्न जिल्लाहरुमा घुम्ती शिविर सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा पत्रकारमहा संघ बागलुङ पूर्व अध्यक्ष हरीनारायण गौतम, रोशचन्द्र राजभण्डारी, निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतले मनतव्य राख्नुभएको थियो ।

शिविरसँगै तीन दिनसम्म पत्रकारहरुका लागि तालिम समेत संचालन भएको छ । तालिमको सूचना विभागका सेवा र पत्रिका, समाचारका लागि अवलोकन र शव्ब्दचित्र लेख्ने विधि, अन्तरवार्ताका अनेक आयाम, फिचर समाचारका मोडेलहरु, समाचार सम्पादन विधि, समाचारका लागि परिकल्पनादेखि पुरस्कारसम्मका तह लगायतका विषयमा प्राध्यापक डा. विजय मिश्रले सहजिकरण गर्ने पत्रकार महा संघका अध्यक्ष दिल शिरीषले बताउनुभयो ।

कार्यक्रम महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षता, कोषध्यक्ष विजय रानाको स्वागत र सचिव राम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्