आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
सहकारीका शेयर सदस्य दुर्वलकाजी राजभण्डारी र प्रतिमा राजभण्डारीका छोरा बागलुङ नगरपालिका वडा नम्वर ३ नौबिसेटोल निवासी शेयर सदस्य दिप राजभण्डारीको निधन भएको ११ औं दिनको पुण्य तिथि पारेर मंगलबार श्रद्धाञ्जली सभा सहित मृतकका आफन्तलाई राहात रकम हस्तान्तरण गरेको हो ।
संस्थाका संचालक शान्ति श्रेष्ठ, अम्बिका जि.सी, कर्मचारी सुरज किसान र मनकुमारी के.सीले सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहात स्वरुप रु २५ हजार रुपैयाँ स्वर्गीय दिप राजभण्डारीकी आमालाई हस्तान्तरण गरिएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले संस्थाको सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
धौलागिरीको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ४ सय २० जना शेयर सदस्य, ५ करोड २ लाख शेयर रकम, ३८ करोड बचत, ३३ करोड कर्जा लगानी र ४० करोड कुल सम्पत्ती रहेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।