लागुऔषधसहित दुई युवा पक्राउ

आदर्श अनलाइन, पोखरा
पोखरामा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् ।

पृथ्वीराजमार्ग अन्तरगत पोखरा-३० गगनगौडामा शुक्रबार राति ८.३० बजे तनहुँबाट पोखरा आउदै गरेको ग१७प ५५८४ नं को स्कुटर चेकजाँच गर्ने क्रममा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालका अनुसार पक्राउ पर्नेमा धादिङ जिल्ला घरभई पोखरा-१७ छोरेपाटन बस्दै आएका २९ वर्षीय दीपक थापा र पोखरा-२१ घरभई पोखरा-१७ छोरेपाटन बस्दै आएका २७ वर्षीय सन्तोष सुवेदी रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले डाइजापाम ३७ एम्पुल, फेनरागन ३७ एम्पुल, नुर्फिन ३७ एम्पुल, दुई थान मोवाइल र नौ हजार तीन सय १० रुपैयाँ बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।

शिसुवा डाँडाको नाकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि आगुऔषध कसूर अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *