ज्ञानज्योती बोर्डिङ स्कूलले मनायो शहिद दिवस


–आदर्श अनलाइन, बागलुङ

देशमा प्रजान्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँ झैँ यो वर्ष पनि बागलुङमा सहिद दिवस मनाईएको छ ।

ज्ञानज्योती अंग्रेजी बोर्डिङ स्कूल बागलुङ नगरपालिका–१४ नारायणस्थानले शहिद दिवस मनाएको छ । शहिदहरुको स्मरण गर्दै बोर्डिङ स्कूलले वर्षेनी शहिद दिवस मनाउने गरेको छ ।
प्लेकार्ड सहित विद्यार्थीहरुले नारायणस्थान बजार परिकर्मा गरेका थिए । शहिदका सपना शाकार पारौं, बीर शहिद अमर रहुन लगायतका नारा सहित बजार परिकर्मा गरिएको ज्ञानज्योती बोर्डिङ स्कूलका प्रिन्सिपल समिर लामिछानेले जानकारी दिनुभयो ।

शहिदलाई कसैले विर्सनु हुँदैन भन्दै वर्षेनी शहिद दिवस मनाउदै आएको लामिछानेले बताउनुभयो । कठोर र निरंकुुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर शहीद दिवस मनाइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *