पर्वत कुर्घामा नेकपाको श्रद्धाञ्जली सभा

सन्तोष क्षत्री, पर्वत ।
नेपाल कम्युनिष्ट पार्टी वडा कमिटी कुर्घाले शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । फलेवास नगरपालिका वडा नम्बर १० सात्ले निवासी स्वर्गीय टिका कुमारी शर्माको ९२ वर्षको उमेरमा निधन भएको १२ औं दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा गरिएको हो ।

स्वर्गीय शर्मालाई श्रद्धाञ्जली अर्पण गर्दै फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले जन्म पछि मृत्यु निश्चित भएकाले शोकलाई शक्तिमा बदल्न शक्ति मिलोस भन्दै परिवारलाई समवेदना व्यक्त गर्नुभयो ।

उहाँले गरिब, दलित, महिला र निम्न वर्गको उत्थानको लागि नगरपालिकाले एक वार्ड एक उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको भन्दै कम्युनिष्ट पार्टीका कार्यकर्ता आफु उत्पादनमा लागेर अरुलाई समेत प्रेरणा दिनुपर्ने बताउनुभयो । साथै उहाँले श्रमिक कल्याणकारी कोष मार्फत नगरपालिका भित्रका ८ सय विपन्न परिवारलाई पेन्सनको कार्यक्रम शुरुगर्न लागेको बताउनुभएको थियो ।

शोक सभामा महाशिला गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष जीवन उचाई ठकुरी, फलेवास नगरपालिका वडा नम्बर १० का अध्यक्ष शालिकराम शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फलेवास नगर कमिटि सचिव शोभा क्षेत्री लगाएतले शोक मन्तव्य राख्नुभएको थियो ।

श्रद्धाञ्जली शभा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटि अध्यक्ष खडक बहादुर पौडेल क्षत्रीको अध्यक्षता र मीन प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *