ज्येष्ठ नागरिकलाई न्यानो कपडा

आदर्श अनलाइन, पोखरा
पोखरा–२७ अर्चलेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।

समाजसेवी तथा कांग्रेस नेतृ रंगीला आचार्यले ज्येष्ठ नागरिक र विपन्न वर्गलाई न्यानो कपडा वितरण गर्नुभएको हो । जाडोमा लगाउने टिसर्ट, पछ्यौरा तथा सिरक वितरण गरिएको बताइएको छ ।

कार्यक्रममा उन्नतशील आमा समूह, शिरोमणि आमा समूह, जनहित आमा समूह, अर्चले बाह्रघर आमा समूहमा आबद्ध ज्येष्ठ नागरिकसहित करिब १ सय जनालाई १ लाख ८० हजार रुपैयाँ बराबरको कपडा वितरण गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *