संयुक्त चार युवा क्लवको दोस्रो साधारण सभा

आदर्श अनलाइन, बागलुङ
संयुक्त चार युवा क्लवको दोस्रो वार्षिक साधारणसभा तथा युवा भेला शानिबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले अहिलेको समयमा युवाहरु विदेशीने लर्कोनै लागेको भन्दै संयुक्त चार युवा क्लवले आफ्ना ठाउँका युवालाई जागारुत गदै सामाजिक काममा लाग्नु स्राहनीय भएको बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उप—प्रध्यापक तथा क्लवका सल्लाहकार प्रकाश शर्माले युवाहरुले जोस, जागर चलाएर आफ्नै देशमा, आफ्नै माटोमा पसिना बगानु पर्ने बताउनु भयो । क्लवले ४ वर्षदेखि विभिन्न विधामा काम गर्दै आएको र आगामी दिनमा पनि युवा लक्षीत कार्यक्रमहरु गर्न आग्रह गर्नु भयो ।

बागलुङ नगरपालिका ४, १० र ११ का युवाहरु रहेको सक्रिउतामा २०७४ सालदेखि बागलुङमा विभिन्न काम गर्दै आईरहेको छ ।

कार्यक्रममा क्लबका सचिव आशिष शर्मा प्रगति प्रतिवेदन, कोषध्यक्ष साकार अधिकारीले आर्थिक प्रतिवेदन, र संयुक्त युवा क्लव बाट गठित बाल संयुक्त क्लबका सचिव आशिका खड्काले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा क्लवका पूर्व अध्यक्ष निशान्त शर्मा, मुक्तिक्षेत्र दैनिकका संवाददाता राजन रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थिए ।

कार्यक्रममा क्लवका अध्यक्ष अभिशेक कटुवाल अध्यक्ष्यता, क्लवका सह–सचिव रोशन कुँवरको स्वागत र सचिव आशिष शर्माको संचालनमा कार्यक्र सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *