ईन्जिनियरहरुको भेला हुँदै


आदर्श अनलाईन, बागलुङ
यही माघ १९ गते नेपाल कम्युनिष्ट पार्टीको जनबर्गीय संगठन प्रोग्रसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल (पिन) केन्द्रीय समितिले काठमांडौमा बहृत ईन्जिनियर भेलाको हुँने भएको छ ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको पिनले जनाएको छ ।
प्राग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपालले नेपालका सातवटै प्रदेशमा प्रदेश समिति र देशका अधिकांश जिल्लाहरुमा जिल्ला समिति समेत बिस्तार गरिसकेको छ । यस बाहेक विश्वविद्यालय, विभिन्न सरकारी संस्थानहरु र अन्य विभिन्न क्षेत्रमा समेत संगठन विस्तार गरिसकिएको छ ।

काठमांडौको राष्ट्रियसभा गृहमा १९ गते दिउँसो ३ बजेबाट शुरु हुने कार्यक्रमको तयारी भैरहेको कार्यक्रमका प्रचार प्रसार संयोजक ई. खिमानन्द कँडेलले जानकारी दिनुभएको छ ।
साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भैसकेपछि बनेको नेकपाको पहिलो जनवर्गीय संगठनको रुपमा रहेको प्रोग्रेसिभ र्ईन्जिनियरिङ एशोसियसन नेपालले आम ईन्जिनियरिङ क्षेत्रका नेता, कार्यकर्ता एवं समर्थकलाई भोली माघ १९ गते हुने कार्यक्रममा उपस्थितिको लागि हार्दिक आमन्त्रण समेत गरेको छ । प्रोग्रेसिभ र्ईन्जिनियरिङ एशोसियसन नेपालले यही माघ २३ गते काठमांडौमा हुने विशाल जनप्रदर्शनमा समेत सहभागी हुन सबैमा हार्दिक अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *