आइटिएफ तेक्वान्दो खेलाडीहरूलाई प्रमोसन बेल्ट प्रदान

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आइटिएफ तेक्वान्दो खेलाडीहरूलाई प्रमोसन बेल्ट प्रदान गर्नु भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाका ब्ल्याक बेल्ट प्रथम,दोस्रो र तेस्रो डिग्रीका करिब २सय आइटिएफ तेक्वान्दो खेलाडीहरू पोखरा रङ्गशालाको ग्रेडिङमा सहभागी थिए । सो अवसरमा खेलाडी हरूलाई बिशेष प्रशिक्षण समेत दिइएको थियो ।

नेपाल आइटिएफका अध्यक्ष अन्जन धमला, उपाध्यक्ष प्रबिण कार्की लगायतका प्रशिक्षकले प्रशिक्षण तथा निर्णायकको जिम्मेवारी सम्पादन गरेका थिए । २ दिनसम्म चलेको आइटिएफ तेक्वान्दो सेमिनारमा खेलाडीहरूलाई प्याटर्न,स्पायरिङ,ब्रेकिङ आदी बिधामा बिशेष प्रशिक्षण दिइएको अध्यक्ष अन्जन धमलाले जानकारी दिए । ग

ण्डकी प्रदेशका खेलाडीहरूको स्तर निकै राम्रो रहेको उपाध्याय प्रबिण कार्कीले बताए । यो प्रदेशका खेलाडीहरूको स्तरमा एकरूपता ल्याउने र समय सान्दर्भिक खेलको बिकासका लागी यो कार्यक्रम निकै उपयोगी रहेको प्रदेश कमिटी अध्यक्ष घम थापाले बताए । समापन कार्यक्रममा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश सबै क्षेत्रमा सम्भावना भएको प्रदेश रहेको र खेलकुदमा पनि उल्लेख बिकास गर्न सक्ने अबस्था देखिएको बताउनुभयो ।

खेलकुद बिकासमा प्रदेश सरकार सकारात्मक रहेको गुरूङको भनाई छ। सो अवसरमा पूर्व सांसद रामहरी खतिवडा, रा.खे.प सदस्य सम्पन्न श्रेष्ठ तथा नेपाल आइटिएफका सल्लाहकार लिला थापाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *