घाँस काट्ने क्रममा लडेर एकको मृत्यु

आदर्श अनलाइन, स्याङ्जा
घाँस काट्ने क्रममा लडेर स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ । स्याङ्जाकाे हरिनास गाँउपालिका वडा नं ५ वसन्तडाँडा बस्ने ६४ वर्षीय सेती कमिनी शनिबार खोल्सामा मृत भेटिएकी हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले दिएको जानकारी अनुसार ती वृद्धा शनिवार पौने ६ बजे खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् ।

दिउसो ४ बजे घाँस काट्न भनी घरबाट निस्किएर नफर्किए पछि मृतकका आफन्तले खोजतलास गरेका थिए । बुर्धैरोको घाँस काट्ने क्रममा अन्दाजी २० मिटर तल लडेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको रेग्मीले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *