सिवाईसीको बेनीमा सेवा केन्द्र

आदर्श अनलाइन, बागलुङ
बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले जिल्ला बाहिर सेवा केन्द्र विस्तार सुरु गरेको छ ।

सहकारीले बुधवार पहिलो पटक जिल्ला बाहीर म्याग्दीको बेनी बजारमा सेवा केन्द्र स्थापना गरेको हो । बेनीमा रहेको नमस्ते बचत तथा ऋण सहकारी एकिकरण गरी सोही ठाँउमा आफ्नै भवनवाट सेवा केन्द्र संचालनमा ल्याएको हो

बागलुङ बजारमा केन्द्रीय कार्यलय रहेको सहकारीले १७ औ सदस्य सेवा केन्द्र बेनी बजारमा स्थापना गरेको हो । शाखाको संविधान सभा सदस्य एवं सस्थाका सल्लाहकार नवराज शर्माले उद्घाटन गर्नु भएको थियो । सहकारीले म्याग्दीमा एटिएम सहितको सेवा केन्द्र स्थापना गरेको छ ।

सेवा केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै संविधान सभा सदस्य नवराज शर्माले मुलुकको अर्थनीतिमा सरकारले सहकारी क्षेत्रलाई पनि एक खम्बाको रुपमा राखेपछि यो क्षेत्र फस्टाएको भन्दै सिवाईसी सहकारीले पछिल्लो समय वित्तीय सेवामा फड्को मारेको बताउनुभयो । सदस्यको मागका आधारमा सिवाइसी सहकारीले सबै खालका वित्तिय सेवा दिन सफल भएको बताउनुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र केसी बेनी, नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, सहकारीका सल्लाहकार सिता शर्मा, सह–सचिव सुवास आचार्य, बेनी सदस्य सेवा केन्द्रका परामर्शदाता सन्तोष रावल, जिल्ला सहकारी संघ म्याग्दीका पुर्व अध्यक्ष सुदर्शन श्रेष्ठ लगाएतले बोल्नुभएको थियो ।

सिवाईसी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता, बेनी सदस्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन उपसमितिका संयोजक तुलसीनाथ सुवेदीको स्वागत तथा उपाध्यक्ष गण्डकी थापा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकारीमा १३ हजार ५ सय शेयर सदस्य, २४ करोड १५ लाख शेयर पूँजी, १ अर्व २७ करोड २० लाख बचत र १ अर्व ७२ करोड कुल पूँजी रहेको संस्थाका सह–सचिव सुवास आचार्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *