घरको छतबाट खसेर महिलाको मृत्यु

आदर्श अनलाइन, बागलुङ 
पोखराको न्यूरोडमा आइतबार बिहान एक महिलाको छतबाट खसेर मृत्यु भएको छ ।

काठमाण्डौ घरभई पोखरा-८ न्यूरोडस्थित डेरा गरी बस्ने ३५ वर्षीया चन्द्रलक्ष्मी श्रेष्ठको साढे २ तले पक्की घरको छतबाट खसेर मृत्यु भएको हो ।

बिहान ७.३० बजे खसेर गम्भीर घाइते श्रेष्ठको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *