अखिल नेपाल युवक संघले मनायो ४० औं स्थापना

आदर्श अनलाइन बागलुङ
अखिल नेपाल युवक संघको ४० औं स्थापना दिवस बागलुङमा पनि मनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुनले देश अप्ठ्यारोे अवस्थामा रहेको भन्दै युवाहरु थप प्रशिक्षित र संगठित खबरदारी गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चा, बागलुङ अध्यक्ष अमर थापा, उपाध्यक्ष धर्म बहादुर कुँवर, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य राम बहादुर पुन र जिल्ला सचिव तुलविर श्रीस, अखिल (छैठौं), बागलुङका सचिव दिपेन्द्र पौडेलले बोलेका थिए ।

सो अवसरमा संघले जिल्ला कारागार बागलुङमा रहेका कैदी बन्दीलाई फलफूल समेत वितरण गरेको थिए । कार्यक्रम अखिल नेपाल युवक संघ बागलुङका अध्यक्ष जुन विक्रम शाहीको अध्यक्षता र भिमशेन वनको सञ्चालनमा भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *