बैतडी घटनाको अनुसन्धान प्रभावकारी बनाउन गैसस बागलुङको माग

आदर्श अनलाइन, बागलुङ
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा बागलुङले बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका –७ निवासी १७ वर्षिय बालिका भागरथी भट्टको बलात्कार पछि विभत्सपूर्ण हत्यामा सम्लग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

महासंघका जिल्ला अध्यक्ष मुक्तिराम सापकोटा र सचिव मणिभद्र शर्माद्धारा मंगलबार हस्ताक्षरित प्रेस विज्ञप्तीमा घटनाको भत्र्सना गर्दै निष्पक्ष छानविन गरी पिडित परिवारलाई न्याय दिलाउन माग गरिएको छ ।

सनातन धर्म माध्यमिक विद्यालय खोचलेकमा अध्ययनरत भट्टको गत माघ २१ गते बलात्कार पछि हत्या भएको थियो । दिनदहाडै स्कुल गएर फर्किदै गरेका किशोरीको बर्बरतापूर्ण तबरले बलात्कार र हत्या हुनुले समाजमा अपराध र दण्डहिनताको पुनरावृत्ति भइरहेको विज्ञप्तीमा उल्लेख छ ।

अन्र्तराष्ट्रिय मानवअधिकार सम्बन्धी महासन्धि र बालअधिकार सम्बन्धि महासन्धि १९९८ तथा नेपालको संविधान एवम् प्रचलित कानुनहरुले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाच्न पाउने र सुरक्षित रहने अधिकारको गम्भीर उल्लङ्घन भएको महासंघको भनाई छ ।

घटनाको यथाशिघ्र निष्पक्ष अनुसन्धान गरी अपराधीलाई कानुनी कठघरामा उभ्याउन पिडित परिवारलाई राहत उपलब्ध गराउन र विशेषतः बलात्कारका घटनाहरुमा प्रमाणहरु संकलन सावधानीपूर्वक गर्न समेत गैसस महासंघले नेपाल सरकारलाई अनुरोध गरेको छ ।

साथै भविष्यमा यस किसिमका घटनाहरु नदोहोरिने वातावरण निर्माण गर्न र महिला तथा वालवालिका लागि सुरक्षित समाज निर्माण गर्न समेत गैसस महासंघ नेपाल जिल्ला शाखा बागलुङले जोड दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *