आदर्श अनलाइन, बुर्तिबाङ
ढोरपाटन नगरपालिका वडा नम्बर १ का अपाङ्गता भएका परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
रोजगारको सिलसिलामाा कोरिया पुगेका नेपालीहरुबाट संकलन भएको रकम बुर्तिबाङका युवराज कँडेललाई प्रदान गरिएको छ ।
कँडेलको अपांगता भएका छोरा भरत कँडेलको उपचारका लागि राहत रकम हस्तान्तरण गरिएको हो । स्थानीय लोकनाथ भुसालको अगुवाईमा सञ्चालन गरेको अभियानबाट संकलित रकम १ लाख ६ हजार ९ सय ६३ रुपैयाँ कँडेलको परिवारलाई हस्तान्तरण गरिएको छ ।
संस्थाका सल्लाहकार संयोजक तथा इलाका प्रशासन कार्यालय बुर्तिबाङका नायव सुब्बा लोकबहादुर कँुवरसहितको सहभागितामा राहत रकम हस्तान्तरण गरिएको हो ।