आदर्श अनलाइन, बागलुङ
नेकपा प्रचण्ड–माघव नेपाल समूहका नेतृ रामकुमारी झाक्री पक्राउको विरोधमा बागलुङमा सांकेतिक विरोध गरिएको छ ।
राष्ट्रपतीलाई गाली गलौज गरेको आरोपमा नेतृ झाक्री पक्राउ परेलगत्तै बागलुङका युवाले लोकतान्त्रिक चोकमा मुखमा कालोपट्टी बाँधेर विरोध गरेका छन् ।
उनिहरुले बलात्कारीलाई रेलमा राम कुमारी झाक्री जेलमा भन्ने प्ले-कार्ड सहित सांकेतिक विरोध गरेको विरोधमा सहभागी विशेष पराजुलीले जानकारी दिनुभयो । तर, झाक्रीलाई प्रहरीले पक्राउ गरेको साढे पाँच घण्टामा रिहा गरेको छ ।