नेतृ रामकुमारी झाँक्री रिहा

बिहीबार पक्राउ परेकी नेकपा प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा हुनुभएकाे छ ।

करिब साढे ५ घण्टापछि बिहीबार साँझ झँक्रीलाई प्रहरीले रिहा गरेका हो । झाँक्रीलाई उहाँकै श्रीमानको जिम्मामा छाडिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो ।

गोरखामा राष्ट्रपतिबारे अभिव्यक्ति दिएको बिषयलाई लिएर रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न पक्राउ गरेको थियो । साँझ रिहा भएपछि झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *