एम्बुलेन्स भाडा घटाउन माग

एसके थकाली जोमसोम, मुस्ताङ

जिल्ला अस्पताल तथा अन्य निकायले संञ्चालन गर्ने गरेको एम्बुलेन्स भाडादर समायोजन गर्न माग गरिएको छ । जिल्लामा संञ्चालनमा रहेका एम्बुलेन्सको भाडादर निकै महङ्गो भएको भन्ने जनगुनासो बढेसंगै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुस्ताङले जिल्ला एम्बुलेन्स संञ्चालन तथा व्यवस्थापन समिति समक्ष भाडा समायोजनका लागि लिखित पत्र पठाएको छ ।

नेरेसो मुस्ताङको माघ २३ गतेको बैठकले जिल्लामा बिरामी ओसार÷पोसार गर्ने एम्बुलेन्स सेवाको भाडादर महङ्गो भएको र उक्त भाडादर गरिव/विपन्न र सर्वसाधारणको पहुच भन्दा चर्को रहेको भन्दै भाडा समायोजन गरिनु पर्ने निर्णय गरेको थियो ।

मुस्ताङ जिल्ला अस्पतालले अस्पतालमा रहेका बिरामीलाई थप उपचारका लागि आपत्कालिन सुविधा वापत एम्बुलेन्स शुल्क जोमसोम÷पोखरा १९ हजार तोकेको छ । अस्पतालले बिरामी ओसार÷पोसार गरेवापतको उक्त एम्बुलेन्स भाडादर चर्को भएको भन्दै सामाजिक संञ्जाल प्रयोगकर्ताबाट तिब्र आलोचना हुदै आएको थियो ।

उनीहरुले सार्वजनिक सवारी साधनले लिने भाडादर भन्दा सरकारी एम्बुलेन्सको भाडादर भएको भन्दै साविक भाडामा ५० प्रतिशत घटाउन माग गरेका थिए । यता, जिल्ला एम्बुलेन्स संञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष एवं मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले एम्बुलेन्सको भाडादर समायोजन गर्ने बिषयमा लिखित पत्र आएको बताईन् ।यसबारे समितिको चाडै बैठक बसी ठोस निर्णय लिने उनले उल्लेख गरिन् ।

‘अब समितिले एम्बुलेन्स मात्र होईन सबै यात्रुवाहक सवारी साधनको समग्र भाडादर समिक्षा गर्नेछौं ,‘प्रजिअ पौडेलले भनीन् ‘यसअघि पहिलेको सडकको अवस्था र हालको सडकको अवस्थाको छलफल गछौं ।’

प्रजिअ पौडेलका अनुसार भाडा समायोजन तयारीका लागि आवश्यक कागजपत्रहरु जिल्ला एम्बुलेन्स संञ्चालन तथा व्यवस्थापन समितिले जुटाउदैछ । ५ स्थानीय तह रहेको हिमालपारिको जिल्ला मुस्ताङमा एक र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुस्ताङको एक गरी २ वटा मात्र एम्बुलेन्स छन् ।

रेडक्रसको एम्बुलेन्स करिव १८ वर्ष पुरानो जिर्ण रहेका लामोदुरीका लागि संञ्चालनमा छैन । उक्त एम्बुलेन्स भारतीय राजदुताबासबाट सहयोग भएको हो । जिल्ला अस्पताल जोमसोमको एम्बुलेन्सले मुस्ताङबाट बिरामीलाई पोखरा लैजान १९ हजार भाडा लिने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *