लमजुङमा जीप दुर्घटना: ३ जनाको घटनास्थलमै मृत्यु ,३ घाइते

आदर्श अनलाइन, लमजुङ
लमजुङमा बिहिबार साझ जिप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको दोर्दी खोलामा निर्माणधीन ५४ मेगावटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाको प्रदेश नं–३–०१–०२२ च १३८३ नम्बरको बलेरो जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु र ३ जना घाईते भएका हुन् ।

दुर्घट्नामा परि स्याङ्जा घर भई उक्त आयोजनामा कार्यरत वर्ष ३४ का यदुनाथ भट्टराई ,उदयपुर १ घर भएका वर्ष २६ का जीप चालक किशोर राई र तनहुँको भानु नगरपालिका १० घर भएका कार्यरत वर्ष ४५ का प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी सुनसरीका घर भएका उक्त आयोजनाका इन्जीनियर वर्ष ४० का सुनिल कुमार शाह, लमजुङको दोर्दी गाउँपालिका ६ की वर्ष १५ की अनु घले र दोर्दीकै वर्ष १५ की सुनिता विक घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए ।

थापाका अनुसार जीप सडकबाट १ सय २० मिटर तल लेदेखोलामा खसेको थियो ।

घाइतेहरुको जिल्ला सामुदायीक अस्पताल लमजुङमा उपचार भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी थापाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *