विभिन्न प्रास्ताव पास गर्दै सकियो चौँथो जिल्ला सभा

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको चौँथो जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । जिल्ला सभाले १९ बुँदे प्रस्ताव पारित गरेको छ । सभाले राष्ट्रिय गौरवकासहित पालिकामा रहेका योजनाहरुलाई प्रभावकारी बनाउनका लागि सरोकारावाल निकायसँग सहकार्य गर्ने प्रास्ताव पारित गरेको छ ।

सभा सकिएपछि पत्रकार सम्मेलन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले जिल्लाको विकासका लागि बनाइएको योजनालाई चुस्त बनाउने र विकास निर्माणलाई तीव्रता दिने गरि प्रास्ताव ल्याईको जानकारी गराउनुभयो ।

सभाले राष्ट्रिय गौरवको आयोजना ढोरपाटन जलाशययुक्त परियोजना बागलुङमै उत्पादन गर्ने गरि काम गर्न सरकार समक्ष अनुरोध गर्ने प्रास्ताव पारित गरेको छ ।

त्यस्तै विवादमा रहेका पालिकाको कार्यालयल सबै नागरिकलाई पाइक पर्ने स्थानमा बनाउने र राष्ट्रिय गौरवका आयोजनाले जोडिएका राजमार्ग आसपासमा नयाँ निर्माण हुने पक्की घरहरुको अनिवार्य रुपमा नक्सापास गरि घर निर्माण गरि एक रुपता कायम गर्र्ने सभाले प्रास्ताव पारित गरेको छ ।

जिल्लाभर संचालन हुने सवारी साधनको भाडादरमा एकरुपता ल्याउने, रुट प्रमिट तथा भाडा समायोजनका गर्ने प्रस्ताव समेत सभाले प्रस्ताव पारित गरेको छ ।

मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी ढोरपाटन सडक लगायत राष्ट्रिय गौरव, प्रदेश गौरव र स्थानीय गौरवका आयोजनाहरु तोकिएको समयभित्रै गुणस्तरीय रुपमा कार्य सम्पन्न गर्न अनुरोध गर्ने प्रस्वताव पारित गरेको छ ।

पालिकाका केन्द्रसँग जोडिएका मुख्य व्यापापरिक केन्द्रसम्म पुग्ने सडकको स्तरबृद्धि गरि बाह्रै महिना नियमित सडक सञ्चालन गर्ने व्यवस्था मिलाउने सम्बन्धित पक्षलाई अनुरोध गर्ने लगायतका प्रास्तावहरु पारित गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *