जनता कसको पक्षमा भन्ने कुरा लुम्बिनीका जनताले देखाइदिए – मुख्यमन्त्री पोखरेल

आदर्श अनलाइन, बुटबल

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता कसको पक्षमा भन्ने देखाइदिएको बताएका छन् ।

आज बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले केही समय पहिले प्रचण्ड–नेपाल समूहले लुम्बिनीमा कोणसभा गरेर प्रधानमन्त्री ओलीलाई ललकारेपछि आफूहरुले देखाइदिएको दावी गरेका हुन्।

उनले लुम्बिनीका जनता विकास र स्थायित्वका पक्षमा रहेको दावी गरे।

उनले भने, ‘केहीदिन पहिले बुटवल बजारमा कोणसभा आयोजना गरेर सम्माननीय प्रधानमन्त्रीलाई ललकार्ने काम भयो । लुम्बिनी प्रदेशका जनाका कसका पक्षमा छन भन्ने कुरा देखाउन आवश्यक थियो, आज ती साथीहरुले देख्ने मौका पाएका छन्।’

उनले विशाल उपस्थितिका लागि लुम्बिनीका जनतालाई धन्याद समेत दिए। उनले विकास, समृद्धि, राष्ट्रिय स्वाधीनताको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको र लुम्बिनीका जनता ओलीको पक्षमा रहेको दावी गरेका हुन्।

उनले लुम्बिनीले राष्ट्रलाई सन्देश दिँदै आएको बताउँदै लुम्बिनीले विकास र एकताको सन्देश दिएको बताए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *