बिद्यामन्दिर माविको ८० औं वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङ
धौलागिरीको सबै भन्दा पुरानो विद्यालय बिद्या मन्दिर माबिले ८० औं वार्षिकोत्सव बिबिध कार्यक्रम सहित मनाएको छ ।

वार्षिकोत्सवका अवसरमा विद्यालयले थप शैक्षिक गुणस्तर सुधार गर्दै गण्डकी प्रदेशमै नमुना विद्यालय बनाउने उद्घोष समेत गरेको छ ।

वार्षिकोत्सवका अवसरमा आइतवार ¥याली सहित बजार परिक्रमा, विविध साँस्कृतिक तथा अतिरिक्त क्रियाकलाप सहित मुख्य समारोह गरिएको थियो । सो अवसरमा कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेलले विद्यालयको शैक्षिक र भौतिक सुधारमा नगरपालिकाको साथ रहेको बताउनुभयो ।

विद्या मन्दिर मावि व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले पूर्वाधार निर्माण र गुणस्तरमा सुधार गरेर ८ दशक लामो इतिहास बोकेको विद्यालयलाई अब प्रदेश र देशकै नमूना विद्यालय बनाउन पहल गर्ने बताउनुभयो ।

बिद्या मन्दिर मावि बागलुङ जिल्लामा १९९७ सालमा शिक्षासेवी ओमप्रसाद गौचन र मेघकुमार बैद्यको नेतृत्वमा स्थापना भएको प्रदेशको सबै भन्दा पुरानो विद्यालय हो ।

विद्यालयका प्रधानाध्यापक शान्तामणी ढकालले सामुदायिक विद्यालयलाई जनताको छोराछोरीले गुणस्तरीय शिक्षा पढ्नको लागि नमुना विद्यालय बनाउने योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । प्रधानाध्यापक ढकालले १ करोड ८० लाख ५६ हजार ९ सयको आर्थिक वर्ष २०७७÷७८ को अनुमानित आम्दानी र खर्च विवरण र विद्यालयका प्रस्तावित शैक्षिक कार्यक्रम पेश गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख कुश्मराज उपाध्याय, नेपाल पत्रकार महासंघ बागलुङका पुर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी, विद्यालयका पूर्वप्रधानाध्यापक जगन्नाथ आचार्य, विद्यालयका पूर्वअध्यक्ष कृष्णराज शर्मा, विद्यालय व्यवस्थापन समिति सदस्य बाबुलाल शाक्य, शिक्षक कुलराज शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा हरिलक्ष्मी नारायण प्रसाद स्मृति कोष, देवेन्द्रराज अधिकारी स्मृति कोष र तेजेन्द्र बहादुर स्मृति कोषबाट जेहेन्दार र निर्धन विघार्थीलाई पुरस्कार र आर्थिक सहयोग प्रदान गरिएको छ । कार्यक्रममा पूर्वविद्यार्थी सुजन वैधको स्मृतिमा ४ लाखको सुजन वैध स्मृति शैक्षिक कोषको घोषणा समेत गरिएको छ ।

विद्यालयका प्रअ ढकालका अनुसार विज्ञान संकाय तर्फका शिक्षक मनोज रोका, विष्णुप्रसाद काफ्ले, यामबहादुर पोखरेल र लखन थापा सम्मानित भएका छन् ।

बाल कक्षादेखि कक्षा १२ सम्म १२ सय ८२ जना विद्यार्थी अध्ययनरत छन् । ६० जना शिक्षक कार्यरत छन् । विस १९९७ सालमा प्राथमिक तह, २००८ सालमा निमावि,२०११ सालमा मावि र २०६१ सालमा १०ं२ विज्ञान, व्यवस्थापन र शिक्षा विषयको पढाई हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *