प्रथम सहिद लखन थापाको स्मृतिमा मगर विद्यार्थी संघद्वारा दीप प्रज्वलन

आदर्श अनलाइन, बागलुङ
बागलुङमा प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४४ औँ स्मृति दिवस मनाइएको छ । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति बागलुङको आयोजनामा बागलुङ बजारको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरि स्मृति दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सचिव मनबहादुर थापा ‘मनिष’ले लखन थापालाई सरकारले सहिद घोषणा गरे पनि उचित सम्मान गर्न नसकेको बताउनुभयो ।
उहाँले थापाको स्मृति दिवस राज्यले नै मनाउनु पर्ने अवस्थामा मगर विद्यार्थी संघले मात्रै मनाउनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

सचिव थापाले अन्य ४ जना सहिदलाई जस्तै थापाको पनि शालिक राखिनु पर्ने भन्दै थापा कुनै एउटा जातका मात्रै नभई सिंगो मुलुककै सहदि भएको दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेश थापा मगर, नेपाल मगर विद्यार्थी संघका गण्डकी प्रदेश अध्यक्ष विष्णु आले मगर लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष सागर घर्ती मगरको अध्यक्षता, सह–सचिव मिना थापा मगरको स्वागत रसचिव डम्मर बुढा मगरको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *