काठेखोलाको भीमपोखरामा एक व्यक्तिले कोदालो प्रहार गर्दा एकको मृत्यु, ५ घाइते

आदर्श अनलाइन, बागलुङ ।
बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरामा एक व्यक्तिले कोदालो प्रहार गर्दा स्थानीय ८४ वर्षीय यामबहादुर केसीको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।

भीमपोखराको दपासा भन्ने स्थानमा स्थानीय सोम किसानले कोदालोले टाउकोमा प्रहार गर्दा गम्भिर घाइते भएका केसीको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते मध्ये अवस्था गम्भिर रहेका ६५ बर्षिय विष्णुमति चापागाई, ३६ बर्षिय लक्ष्मी चापागाईलाई धौलागिरी अस्पताल बागलुङमा उपचार पछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको छ ।

३८ बर्षिया देवी गौतम, उहाँका ६ बर्षिय छोरा अमृत गौतम र छोरी १९ वर्षिया अनिता गौतमको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

कोदालो प्रहार गर्ने सोमबहादुरलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । सोमबहादुरले आइतबार राती देखिनै हसिया, बञ्चरो र कोदालो लिएर सबैलाई मार्छु भन्दै गाउँ–गाउँ डुलेको स्थानिय हेमलाल पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *