बागलुङ विशेष बाल कक्षा आधारभुत विद्यालयको अध्यक्षमा पुनः श्रेष्ठ

आदर्श अनलाईन, बागलुङ
बागलुङ विशेष बाल कक्षा आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सुरेश प्रसाद श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ ।

मंगलबार बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा भएको विद्यालयमा व्यवस्थापन समितिको भेलाले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । श्रेष्ठको अध्यक्षयतामा ११ सदस्यीय समिति गठन गरेको छ ।

कार्यक्रममा बोल्दै साल्ट ट्रेडिङ बागलुङका प्रमुख मनोज कुमार श्रेष्ठले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई घर परिवार, सरकार र समाजले विशेष हेरचाहा गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले अपाङ्ग बालबालिकालाई विशेष रुपमा सरकारले प्राथामिकतामा राखेर पालन पोषण र शिक्षामा दिनु पर्नेमा जोड दिनुभयो ।

No description available.

कार्यक्रममा राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्था नेपालका केन्द्रीय सचिव अगम कुमार पालिखे, राष्ट्रिय सुस्त मनस्थिति कल्याण नेपाल शाखाका कार्यबाहाक सभापति मनमाया श्रेष्ठ , शिक्षक अभिभावक संघका अधयक्ष चन्द्रमणि सापकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य नविन चन्द्र सर्वुजाले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा देउराली आधारभुत विद्यालयका प्रधानाध्याकप लक्ष्मी आचार्यले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठको अध्यक्षयता, प्रधानाध्यपाक युक्तजंग राजभण्डारीको स्वागत र भगवती केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *