बागलुङका सय सञ्चारकर्मीले लगाए कोरोना खोप


आदर्श अनलाइन, बागलुङ

पहिलो चरणको दोस्रो प्राथमिकताको आधारमा आइतबारबाट लगाउन सुरु गरिएको खोप कार्यक्रम अन्तर्गत बागलुङका १ सय जना पत्रकारले खोप लगाएका छन् । जिल्लाका विभिन्न स्थानका सञ्चार माध्यममा कार्यरत पत्रकार र संचारकर्मीहरुले सोमबार, मंगलबार र बुधबार गरि खोप लगाएका हुन ।

अग्रभागमा खटिएर काम गर्ने चिकित्सक स्वास्थ्यकर्मी पछि अन्यलाई पनि प्राथमिकताका आधारमा कोरोना बिरुद्धको खोप लगाउने क्रममा पहिलो चरणकै दोस्रो प्राथमिकतामा जिल्लाका पत्रकारहरुलाई पनि राखिएको थियो । बुधबार सम्म जिल्लामा पत्रकार, स्वास्थ्यकर्मी, जनप्रतिनिधी र सुरक्षाकर्मी गरि १ हजार ४ सय १५ जनालाई खोप लगाईएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देबप्रकाश घिमिरेलेका अनुसार सोमबार बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट बागलुङको पश्चिम क्षेत्रमा क्रियाशित ७ जना पत्रकार, मंगलबार धौलागिरी अस्पताल बागलुङ र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ४३ जना पत्रकार र बुधबार ५० गरि १ सय जना पत्रकारले खोप लगाएका हुन् । पहिलो चरणमा खोप लगाउन छुटेका तर प्राथमिकतामा रहेका सरकारी कार्यालय, सार्वजनिक स्थान तथा बैंकका कर्मचारी, पत्रकार, जनप्रतिनिधी, सुरक्षाकर्मीलाई खोप लगाईएको छ ।

पहिलो चरणको दोस्रो प्राथमिकताको आधारमा सञ्चालित खोप कार्यक्रमको पहिलो दिन फागुन २ गते बागलुङका प्रमुख जिल्ला अधिकारी सहित ३५ जना महिला र १ सय १ सय ६५ पुरुष गरि २ सय जनालाई खोप लगाईएको थियो । दोस्रो दिन सोमबार धौलागिरी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायतका व्यक्ति १७ जना, स्थानीय तहका निर्वाचित जनप्रतिनिधी र कर्मचारी ७५ जना, निजामती सेवाका कर्मचारी १ सय ३७, जनपद प्रहरी ९९, सशस्त्र प्रहरी ८, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी ४, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी ११, न्याय सेवा, समूहका कर्मचारी (अदालत, सरकारी वकिल कार्यालय) ३९ र पत्रकारहरू ७ जना गरी ३११ पुरुष र ८६ महिला गरी ३ सय ९७ जनालाई खोप लगाईएको थियो ।

त्यसैगरी मंगलबार धौलागिरी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी लगायतका व्यक्ति १२ जना, स्थानीय तहका निर्वाचित जनप्रतिनिधी र कर्मचारी ७७ जना, निजामती सेवाका कर्मचारी ३१, जनपद प्रहरी ८३, सशस्त्र प्रहरी १, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी १७, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी ३०, न्याय सेवा, समूहका कर्मचारी (अदालत, सरकारी वकिल कार्यालय) ९ र पत्रकारहरू ४३ जना गरी २ सय ३७ पुरुष र ६६ महिला गरी ३०३ जनालाई खोप लगाईएको थियो ।

बुधबार धौलागिरी अस्पतालमा १ सय ५५, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ६०, गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा २ सय र कुस्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय जना सहित पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी लगायतका व्यक्ति २५ जना, स्थानीय तहका निर्वाचित जनप्रतिनिधी र कर्मचारी १ सय ७ जना, निजामती सेवाका कर्मचारी ६७, जनपद प्रहरी ७३, सशस्त्र प्रहरी १, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी १ सय २३, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी ४९, न्याय सेवा, समूहका कर्मचारी (अदालत, सरकारी वकिल कार्यालय) २० र पत्रकारहरू ५० जना गरी ३ सय ३८ पुरुष र १ सय ७७ महिला गरी ५ सय १५ जनाले कोभिड १९ विरुद्घको खोप लगाईएको छ । यो सँगै जिल्लामा दोस्रो चरणमा प्राथमिकताको आधारमा खोप लगाउनेको संख्या १ हजार ४ सय १५ पुगेको छ ।

८ गते सम्म सञ्चालन हुने खोप कार्यक्रममा ४ हजार जनालाई खोप लगाइने घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार ९ सय ६० डोज खोप जिल्लामा आइसकेको र बाँकी खोप मंगलबार सम्म आइपुग्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *