पर्वतको फलेवासमा प्रतिनिधि सभा विघटनको विरुद्ध विरोध सभा

आदर्श अनलाइन, पर्वत
प्रतिनिधि सभा विघटनको विरोधमा पर्वतको फलेवास नगरपालिका वडा नम्बर १० कुर्घा पर्वतमा शुक्रबार विरोध सभा सम्पन्न भएको छ ।

नेकपा (प्रचण्ड–माधव) पक्षले देश भरका वार्डमा बिरोध सभा गर्ने कार्यक्रम अन्तरगत कुर्घामा र्याली सहित वार्ड कार्यलयमा पुगेर बिरोध सभा सम्पन्न गरेको हो ।

विरोध सभामा बोल्दै नेकपा जिल्ला कमिति सचिवाल सदस्य प्रेम बहादुर रानाले प्रधानमन्त्री केपी शर्मा ओलिले असंवैधानिक रूपमा संसद विघटन गरेर प्रतिगामी कदम चालेकोले बताउनुभयो ।

उहाँले टोल–टोलबाट यसको विरुद्ध लडनुपर्ने अवस्था आएको भन्दै यो लडाई लोकतन्त्र पक्षधर सबैको लडाइँ भएको बाउनुभयो ।

बिरोध सभालाई नेकपा पर्वत जिल्ला सचिवालय सदस्य एवं नगर कमिटी सचिव शोभा क्षत्री, फलेवास नगरपालिका–१० वडा समिति अध्यक्ष खडक बहादुर पौडेल क्षेत्री लगाएतले सम्बोधन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *