साथीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

 आदर्श अनलाइन, काठमाडौँ

साथीको हत्या गरी फरार अभियुक्त ललितपुर कुमारीपाटी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-४ काफ्लेटोल घर भएका ५४ वर्षीय भिमे सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१० धोबी खोलास्थित सिम्रिक पुल मुनी २०७१ चैत ९ गते सोही महानगरपालिका-१० थापागाउँ बस्ने दाङ तुल्सीपुर नगरपालिका-१० घर भएका द्रोण बहादुर सेन इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा मृत फेला परेका थिए ।

घटनाको अनुसन्धानको क्रममा सेनको हत्यामा भिमे सार्की संलग्न रहेको र घटना पश्चात् फरार भई भारतको राजस्थानमा लुकिछिपी बस्दै आएकोमा पछिल्लो समय काठमाडौं आई लुकिछिपी बसेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *