आदर्श सञ्चारद्वारा शेयर सदस्यको निधन प्रति दुख व्यक्त गर्दै राहात हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सहकारीका शेयर सदस्य जैमिनी नगरपालिका–५ बिनामारे स्थायी घर भइ हाल बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा निवासी शारादा आचार्यका श्रीमान संस्थाका शेयर सदस्य दुर्गादत्त आचार्यको निधन भएको नवौँं दिनको पुण्य तिथि पारेर आइतबार श्रद्धाञ्जली सभा सहित मृतकका परिवारलाई राहात हस्तान्तरण गरेको हो ।

संस्थाका सल्लाहकार डिलबहादुर कार्की, अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’, लेखा समिति संयोजक थानेन्द्र प्रसाद गौतम, संचालक गीता खड्का र सम्पादक रामबहादुर जिसीले शेयर सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप रु १५ हजार रुपैयाँ र सदस्यका परिवारको निधनमा प्रदान गर्ने ५ हजार रुपैयाँ सहित स्वर्गीय आचार्यकी छोरी रोशनी आचार्यलाई २० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी संस्थाका शेयर सदस्य जैमिनी नगरपालिका–३ निवासी लक्षुमन भुजेल थापाका पीता जंगबहादुर भुजेलको निधन भएको १० औं दिनको पुण्यतिथीमा ५ हजार रुपैयाँ मृत्यु राहात रकम हस्तान्तरण गरिएको छ । संस्थाका शेयर सदस्य झमन पाण्डेले मृतकका परिवारका सदस्यलाई राहात हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले संस्थाको सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

धौलागिरीको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ४ सय जना शेयर सदस्य, ५ करोड शेयर रकम, ३४ करोड बचत, ३१ करोड कर्जा लगानी र ४० करोड कुल सम्पत्ती रहेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *