मुस्ताङमा ५२३ जनाले लगाए कोभिड भ्याक्सिन

आदर्श अनलाइन, जोमसोम
हिमाली जिल्ला मुस्ताङमा हालसम्म ५२३ जना व्यक्तिले कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । जसमा पुरुष ४१४ र महिलाको संख्या १०९ महिला छन् ।

आईतबार २१ ज्ना पुरुष र ९ जना महिला गरी ३० जनाले कोभिड—१९ बिरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । उनका अनुसार कोभिड भ्याक्सिन लगाउने कार्यको प्रगती८७ दशमल.७५ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयको कार्यतालिका बमोजिम मुस्ताङमा जिससका जनप्रतिनिधि तथा कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी ,जिल्ला प्रशासन तथा ईलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारी , सुरक्षाकर्मी,बैंक तथा वित्तिय संस्थाका कर्मचारी ,पत्रकार र विभिन्न कार्यालयमा कार्यरत कर्मचारी लगायतले कोभिड भ्याक्सिन लगाएको स्वास्थ्य प्रमुख भण्डारीले बताए ।

मुस्ताङमा फागुन २ गते देखि फागुन ९ गते सम्म कोभिड भ्याक्सिन लगाउने कार्यक्रम रहेको थियो । कोभिड भ्याक्सिन जिल्ला अस्पताल जोमसोममा रहेको थियो । स्वास्थ्य कार्यालयले उपलब्ध भएको केही थान भ्याक्सिन भायल मौज्याद रहेका यसलाई निरन्तरता दिईने जनाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *