जीप दुर्घटना हुँदा ४ जना घाइते

आदर्श अनलाइन, नवलपुर
नवलपुरमा बुधबार बिहान जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

बौदीकाली गाँउपालिका-६ कोटथरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु १ ज ३३२९ नं.को जीप पल्टिदा जीपमा सवार चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा बौदीकाली गाँउपालिका-४ निवासी ३१ वर्षीय मोहन सिंह थापा, २२ वर्षीय यमबहादुर गाहा, ३७ वर्षीय पीताम्बर गाहा र २५ वर्षीय कुलबहादुर गाहा छन् ।

घाइते चारै जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *