भाडा समायोजन गर्न भन्दै युथ कांग्रेसले गरायो प्रशासनको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङ
युथ कांग्रेस बागलुङले जिल्लामा संचालित सवारी साधानहरुको भाडा समायोजन गर्न भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङको ध्यानाकर्ष गराएका छ ।

शुक्रबार युथ कांग्रेस संयोजक सुजन सापकोटाको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।

गत वर्ष प्रशासनले १० वटै पालिकामा भाडा समायोजन गरे पनि त्यसको कार्यान्वयन हुन नक्नु दखद भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

युथ कांग्रेस बागलुङका संयोजक सुजन सापकोटाले तत्तका ट्राफिक प्रहरी, गाउँ÷नगरपालिकासँग समन्वय गरेर सबै पालिकाको सडकको मापदण्ड हेरी भाडा तय गर्नेका ध्यानाकर्षण गराईएको बताउनु भयो ।

उहाँले सम्बन्धित निकायले चासो नदिँदा सवारी चालकहरुले मनपरी भाडा असुली गर्दा आम नागरिक मर्कामा परेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *