मुस्ताङमा मापदण्ड विपरित ढुवानी गरिएको कुखुराको मासु बरामत

सुन्दरकुमार थकाली, जोमसोम
मासुजन्य पदार्थको न्युनतम ढुवानी मापदण्ड बिपरित पोखराबाट मुस्ताङ ल्याईदै गरेको २०१ केजी बोईलर कुखुराको मासु प्रहरीले बरामत गरेको छ ।

म्याग्दी कोरला यातायात प्रालिको ना ७ ख ७४४२ नम्बरको बसको पछाडी डिक्कि भित्र प्लास्टिकको बोरामा पोको पारी गुम्स्याएर मुस्ताङ लगिएको कुखुराको मासु गोप्य सूचनाका आधारमा प्रहरिले बरामत गरेको जिप्रका मुस्ताङले जनाएको छ ।

मापद्ण्ड बिपरित धादिङ रुमिभ्याई गापा वडा ५ घरभई मुस्ताङको घरपझोङ ४ जोमसोममा निलगिरी फ्रेस हाउस सन्चालन गर्दै आईरहेका ३५ बर्षिय टेकबहादुर तामाङको ८० हजार मुल्यको २०१ केजि मासु बरामत गरि नियन्त्रणमा लिएको जिप्रका मुस्ताङका प्रहरी निरीक्षक आषिश अधिकारिले जानकारी दिए ।

उनका अनुसार पोखराबाट ढुवानी गरि ल्याईएको कुखुराको मासु सडेगलेको अवस्थामा भेटिएको जनाईएको छ ।प्रहरिले बरामत गरिएको कुखुराको मासुसहित फ्रेसहाउस संचालक तामाङलाई आवश्यक कारवाहिका लागि भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मुस्ताङमा पठाएको प्रहरी निरीक्षक अधिकारिले बताए ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पशुपक्षी जन्य पदार्थ ढुवानी तथा ओसार पोसार गर्दा आवश्यक तोकिएको मापदण्ड पूरा गर्नु पर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *