जनजिवराज सुशीला मावि झिम्पाको अध्यक्षमा डा. शान्तराज शर्मा न्यौपाने

आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पामा रहेको जनजिवराज सुशीला माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा डाक्टर शान्तराज शर्मा न्यौपाने चयन हुनुभएको छ ।

शुक्रबार भएको बृहत अभिभावक भेलाले न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । शर्माको अध्यक्षतामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

सदस्यहरुमा उमादेवी पोखरेल, जानकी घर्ती मगर, भिबिन्द्र बहादुर आचार्य, धनबहादुर क्षेत्री, जनप्रतिनिधिबाट वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेल, विष्णु शर्मा न्यौपाने, शिक्षक हुतराज भुषाल र सदस्य सचिवमा प्रअ यमकान्त पौडल रहनु भएकाे छ ।

शुक्रबारनै शिक्षक अभिभावक संघको समेत गठन गरिएको छ । टिकाराम शर्माको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको विद्यलायका प्रअ यमकान्त पौडेलले जानकारी दिनुभयो ।

जसको सदस्यहरु दुर्गाबहादुर सुनार, फुर्सी घर्ती, लदबहादुर क्षेत्री, जुनमाया गिरी, खिमा पौडेल, पुरन भण्डारी, चेतन बुढा मगर, चुडामणी पुन, रामकुमारी बुढा रोका र सदस्य सचिवमा प्रअ यमकान्त पौडले रहनुभएको छ ।

कार्यक्रममा बोल्दै निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले अबको शिक्षा प्राविधिक रव्यवहारीक हुनु पर्ने बताउनुभयो । अहिलेसम्मको शिक्षा परम्परागत भएको भन्दै अब जीवन उपयोगी हुनु पर्नेमा जोड दिनुभयो । यसका लागि गाउँपालिका लागि रहेको अध्यक्ष पौडेलको भनाई छ ।

उहाँले यस विद्यालयमा कक्षा ११ र १२ संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्राविधि शिक्षा समेत संचालनको लागि योजना बनाई रहेको बताउनुभयो ।

नव निर्वाचित अध्यक्ष शान्तराज शर्मा न्यौपानेले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि आफूले सकेको योगदान गर्ने बताउनुभयो । उहाँले समय अनुसारको शिक्षा आवश्यक भएको भन्दै अबको शिक्षा प्रबिधिमैत्री हुने भन्दै प्रबिधियुक्त शिक्षा प्रदान गर्न र विद्यालयको समग्र विकासका लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रममा निसीखोला गाउँपालिकाका शिक्षा अधिकारी पुरुषोत्तम गौतम, स्थानीय टंकप्रसाद पौडेल, लोकिश्वर पौडेल, विष्णुबहादुर क्षेत्री लगायतले मनतव्य राख्नुभएको थियो ।

कार्यक्रम निसीखोला गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा निवर्तमान विद्यालय व्यवस्थापन समिति सदस्य टिकानिधि पौडेलको अध्यक्षता, शिक्षक हुतराज भुषालको स्वागत मन्तव्य र शिक्षक ताराप्रसाद सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *