कार्ड्स अर्गनाइजेशन कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कृष्ण पन्थी

आदर्श अनलाइन, बागलुङ
उर्जाशील कार्ययोजना जिम्मेवार विकाश समाज (कार्ड्स अर्गनाइजेशन) कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । विदेशमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै नेपालमा लगानी गर्ने र देशको आर्थिक सम्वृद्धिमा वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत योगदान गर्ने उद्देश्यका साथ स्थापना भएको कार्ड्स अर्गनाइजेशनको अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनको उद्घाटन गर्दै नेपाली राजदुताबास कतारका प्रथम सचिव प्रविण भट्टराईले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले देश र देशवासी प्रति देखाउने अन्य देशका नागरिकको तुलनामा उदाहारणिय भएको बताउनुभएको थियो ।

विद्युतिय प्रणाली जुम मार्फत भएको अधिवेशनमा भट्टराईले संस्थाको उद्धेश्य काम गर्दै व्यवसायिक पाटोलाई कानुन अनुसार चलाउन आवश्यक रहेको भन्दै दुतावास जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभएको थियो । अधिवेशनले कृष्ण पन्थीको अध्यक्षतामा २७ सदस्यीय कार्य समितिको चयन गरेको निर्वाचन समितिका संयोजक केवी हमालले जानकारी दिनुभयो ।

समितिको वरिष्ठ उपाध्यक्षमा राजाराम शाही, उपाध्यक्षमा मोहम्मद अयुब शेष, महिला उपाध्यक्षमा नानु घले, महासचिवमा डिल्लीराम भट्टराई, प्रथम सचिवमा सुरज कुँवर, द्वित्तीय सचिवमा रोशन बि. क., कोषाध्यक्षमा नर बहादुर थापा, सह–कोषाध्यक्षमा राम कुमार राई निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यमा रमेश थापा, चन्द्र बहादुर फुलेल, बासुदेब पाण्डेय, रमेश पुरी, बिष्णु बहादुर शाही, अब्दुल खालिक, अम्बर राई, तेज बहादुर बुढाथोकी, प्रदीप राई, गणेश परियार, बिष्णु अधिकारी, अनिश घिमिरे र भुपराज दुबे रहनुभएको छ । अन्य सदस्यहरु समावेशी सिद्धान्तको आधारमा कार्यसमितिले मनोनित गर्ने हमालले जानकारी दिनुभयो ।

कार्यक्रम कार्डस् अर्गनाईजेशन कतारका अध्यक्ष कृष्ण पन्थीको अध्यक्षता, डिल्लीराम भट्राईको सञ्चालन र कार्डस कार्पोरेसन नेपालका लेखासमिति संयोजक बिमल घलेको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *