आदर्शको अर्ध वार्षिक समिक्षा कार्यक्रम

आदर्श अनलाईन, बागलुङ
आदर्श सञ्चार सहकारीले शनिबार अर्ध वार्षिक समिक्षा तथा आगामी योजनाका विषयमा छलफल गरेको छ ।

सहकारी संस्थाका संञ्चालक, उपसमित तथा कर्मचारी बिच संस्थाले पुष मसान्तसम्म गरेको कामको समिक्षा तथा भावी योजनाका विषयमा छलफल गरिएको छ ।

अर्ध वार्षिक समिक्षाको उद्घाटनपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका सञ्चालक कमला गिरीले कर्मचारी र सञ्चालक बिचको जिम्मेबारी बाँडफाँडले सदस्यको सेवा प्रभावहलाई गुणस्तरीय बनाउदै लैजाने बताउनुभयो ।

May be an image of 4 people, including Humakumari Anju G C and Rudra Mahat, people sitting and indoor

उहाँले सञ्चालक, उप–समित तथा कर्मचारीले आफ्नो जिम्मेबारी सदैव बोध गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सृजना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवित्रा के.सी, राष्ट्रिय सहकारी बैंकका पोखरा शाखा प्रमुख नरेश पाण्डेय लगायतले मन्तव्य राख्नुभएको थियो ।

अर्धवार्षिक समिक्षा तथा भावी योजनाका विषयमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजिकरण गर्नुभएको थियो । उहाँले सहकारी संस्थाले २०८० साल भित्रको लक्ष्यमा पुग्नका लागि सञ्चालक, उपसमिति तथा कर्मचारीले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउनुभएको थियो ।

May be an image of 2 people, people standing and indoor

कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी अन्जुको अध्यक्षता, संस्थाका सल्लाहकार रुद्र बहादुर महतको स्वागत तथा प्रबन्धक दिपकराज सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थामा हाल दुई हजार ५०० शेयर सदस्य, ५ करोड शेयर रकम, ३३ करोड बचत तथा ३१ करोड लगानी रहेको छ । छलफलमा आगमी असार मसान्त सम्म दुई हजार ७०० बढी शेयर सदस्य, पाँच करोड ८७ लाख शेयर रकम, ४० करोड बचत तथा ३८ करोड लगानी गर्ने लक्ष्य रहेको छ ।

संस्थाले २०८० सालसम्म पाँच हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर रकम, ८० करोड बचत, ७५ करोड कर्जा लगानी, १ करोड कोष बनाउन लक्ष्य रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *