“जोमसोमै बजार, बाह्र बजे हावा सरर” मुस्ताङी सर्जकको निधन

आदर्श अनलाइन, जोमसोम
हिमाली जिल्ला मुस्ताङको जोमसोम चिनाउने मुस्ताङी एक सर्जकको शनिबार अमेरिकामा निधन भएको छ । झन्डै साढे दुई दशक अघि सर्वाधिक लोकप्रिय ” जोमसोमै बजारमा , बाह्र बजे हावा सरर । ए हजुर घर हाम्रो पोखरा ।”

गीतका सर्जक तथा सगितकार विश्व थकालिको अमेरिकामा ह्रदयघातका कारण निधन भएको उनका भान्जा अदित थकालीले जानकारी दिए । लामो समय देखि अमेरिका बसोबास गर्दैआईरहेका सर्जक थकालीको पुख्र्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम हो ।

साढे २ दशक अघि नेपथ्य ब्यान्ड स्थापना गर्न महत्वपुर्ण भुमिका निभाएका थकालीले ब्यान्ड स्थापनासगै मुस्ताङको भौगोलिक अवस्थालाई चित्रण गर्दै हावा सरर बोलको गित रचना गरेका थिए ।मुस्ताङमा दिनहु १२ बजेको समयमा अत्यधिक हावाहुरि चल्ने भएकाले उनले त्यो गित रचना गरेका थिए ।

सर्जक थकालीको ५२ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो ।उनको धर्मपत्नी सहित २ छोरा छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *