बागलुङका दुई स्थानमा नागरिक आरोग्य सेवा केन्द्र


–आदर्श अनलाईन, बागलुङ

बागलुङमा आयुर्वेद स्वास्थ्यको पहुँच विस्तार गर्न थालिएको छ । बागलुङका १० पालिका मध्ये ६ पालिकामा आयुर्वेद औषधालयको सेवा छैन ।

नेपाल सरकारले नेपालमा २०० बढी आयुर्वेद सेवा दिने गरी नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने निर्ण गरेको छ । अहिले दुई पालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने तयारी भएको धौलागिरी आयुर्वेद अस्पताल बागलुङका प्रमुख डा. सरोज रायले बताउनुभयो ।
सबै पालिकामा आयुर्वेद सेवा पु¥याउने अभियान अन्र्तगत तत्काल दुई पालिकामा आयुर्वेद सेवा दिनेगरी प्रकिया अगाढी बढाइएको छ । स्थानीयतहको साझेदारीमा सञ्चालन हुने नागरिक आरोग्य केन्द्र स्थापनाका लागि भौतिक पूर्वाधारको जीम्मा स्थानीय तहले लिनुपर्ने हुन्छ । भौतिक पूर्वाधार निर्माण लगायतका अन्य कुरामा सहयोग गर्ने पालिकाको प्रतिबद्धता अनुसार पालिकामा नागरिक आराग्य सेवा केन्द्र स्थापना गर्ने डा. राको भनाई रहेको छ ।
बागलुङका दश पालिका मध्ये तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बरेङ गाउँपालिका र गलकोट नगरपालिकामा आयुर्वेद स्वास्थ्यको पहुँच छैन । ‘आयुर्वेदको पहुँच बढाउदै लैजाने अभियान हो’ डा. सरोज रायले भन्नुभयो ‘अहिले निर्णय भइसकेको छैन, इच्छुक पालिकाले प्रतिबद्धता पत्र दिइरहेका छन् ।’
जनशक्ति र औषधीमा सरकारले सहयोग गर्ने र अन्य व्यवस्थापन भने स्थानीय पालिकाले गर्नुपर्ने प्रावधान रहेको छ । एक जना आयुर्वेद स्वास्थ्यकर्मी तथा एक जना कार्यालय सहयोगीको दरबन्दी रहनेछ ।

अहिले बागलुङमा धौलागिरी आयुर्वेद अस्पताल सहित बागलुङ नगरपालिकाको बलेवा, काठेखोला गाउँपालिको बिहुँ, ढोरपाटन नगरपालिकाको वुर्तिावाङ र जैमिनी नगरपालिकाको २ स्थानमा आयुर्वेद सेवा केन्द्र रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *