मुस्ताङको घरपझोङमा न्यायिक संम्वाद

सुन्दरकुमार थकाली, मुस्ताङ
मुस्ताङमा बिहिबार न्यायिक संम्वाद भएको छ । जिल्ला अदालत मुस्ताङको आयोजना तथा घरपझोङ गाउँपालिको समन्वयमा न्यायिक संम्वाद कार्यक्रम भएको हो । न्यायिक संम्वादमा जिल्ला न्यायधिस रोमाकान्त ज्ञवालीले मुस्ताङमा मुखियाप्रथा रहेको र उनीहरुलाई कानुन र न्यायको बिषयमा जनचेतना दिनसके समाजमा अपराधजन्य घटना न्यूनिकरण हुँने दावी गरे ।

समाजमा कुनै पनि नागरिक अन्यायमा नपरोस,पीडाँ भोग्नु बाध्य नहोस र घरेलु हिंसा जस्ता जघन्य अपराध व्यवहोर्न नपरोस भन्ने उद्देश्यले राज्यले न्यायिक निकाय निर्माण गरेको जनाईएको छ । कानुन हेर्ने न्यायिक निकायले राज्यको कानुन राज्य ,न्यायको पालना र संविधानको रक्षाका लागि सरकारले यसप्रकारको कार्यसम्पादन गर्न विवेचना गर्ने र व्याख्या विश्लेषण गरी न्यायिक कार्यसम्पादन गर्न न्यायलयको स्थापना भएको जिल्ला न्यायधिस ज्ञवालीले स्पष्ट पारे ।

मुस्ताङ जिल्ला पवित्र धार्मिक स्थल भएको भएपनि न्याय न्याय सम्पादनमा अझै चुनौती रहेको पाईएको छ ।मुस्ताङमा रहेको अप्रत्यक्ष बिद्यमान कानुनी समस्या न्यूनिकरणका लागि समूदाय स्तरमा कानुनी साक्षरता आवश्यक भएको न्यायधिस ज्ञवालीले बताए । कानुन र न्याय सम्पादन संम्वन्धि एक हप्ते तालिम ५ वटै स्थानीय तहमा आवश्यक भएको र यसका लागि स्थानीय तहले बजेट बिनियोजन गरी कार्यक्रम ल्याउन सुझाए ।‘अदालतमा बजेट न्युन हुन्छ र कार्यक्रम पर्याप्त हुदैन,‘न्यायधिस ज्ञवालीले भने ‘स्थानीय तहले आयोजना गर्ने कानुनी साक्षरता कार्यक्रममा अदालत सहजीकरण गर्छ ।’

घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले न्यायिक निकायले कानुनी परामर्श र सचेतनामूलक कार्यक्रमले स्थानीय तहलाई पनि न्याय सम्पादनमा सहज हुने बताए । उनले स्थानीय तहमा न्यायिक समिति रहेको र सामान्य स्तरका देवयानी मुद्धाहरुको छिनोफानो गर्न यसले सहयोग पुग्ने उनले उल्लेख गरे । स्थानीय तहले भावी दिनमा आवश्यक बजेट छुट्याएर कार्यक्रम गर्ने जनाए ।मुस्ताङमा अझै मुखियाहरुले न्याय सम्पादन गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष थकालीले कानुनको अज्ञानता कारण गरिने न्याय सम्पादनले समस्या निम्तन सक्ने उल्लेख गरे । प्रजिअ हिरादेवी पौडेलले महिलाहरु कसरी सुरक्षित रहने भन्नेमा महिलानै चनाखो हुन आग्रह गरिन् । कार्यक्रममा कार्यक्रममा प्रनाउ नविककृष्ण भण्डारीले नागरिकको सुरक्षा र शान्ति सुरक्षा कायम राख्न प्रहरी २४ सै घण्टा खटिने गरेको बताए।

मुस्ताङ जिल्ला अदालतले चालु आर्थिक वर्ष कानुनी र न्याय सम्पादनका लागि ५ वटा कार्यक्रम राखेको र त्यसमा ३ वटा सम्पन्न भएको अदालतका श्रेस्तेदार मुकुन्द आचार्यले जानकारी दिए । उहाका अनुसार अदालतले परिवर्तित ऐन मुलुकी फोजदारी संहिता र मुलुकी देवानी संहिता ऐनबारे स्थानीयलाई सचेतना प्रदान गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *