प्रचण्ड संसदीय दलको नेता चयन

आदर्श अनलाइन, काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।

जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको हो । बैठक अघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो ।

आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको र नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाहाल–नेपाल समूहको दाबी छ । प्रतिनिधि सभा विघटन भएपछि विभाजित नेकपाको दाहाल–नेपाल पक्षले त्यसलगत्तै ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो।

‘यसअघि हामीले हटाउने निर्णय गरेका थियौं तर त्यतिबेला प्रतिनिधि सभा नरहेको हुँदा अहिले थप विधिवत रुपमा चयन प्रक्रिया सुरु गरेका हौं,’ सो दलका प्रमुख सचेतक देव गुरुङले भने । 

नेकपामा अध्यक्ष केपी ओली र दाहाल–नेपाल दुबै पक्षले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । प्रतिनिधि सभामा नेकपाका १७३ सांसद रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *