राष्ट्रिय सुस्त मनिस्थिती कल्याण संस्था नेपाल बागलुङको अध्यक्षमा श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सुस्त मनिस्थिती कल्याण संस्था नेपाल जिल्ला शाखा बागलुङको २२ औँ साधारण सभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट मनमाया श्रेष्ठको अध्यक्षतामा ७ सादस्यीय कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा विद्या खड्का, सचिवमा निरज शाक्य, सहसचिवमा हिराबहादुर केसी, कोषाध्यक्षमा पिङला जिसी चयन हुनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुबबहादुर केसीले बौद्धिक अपाङ्गता नागरिकहरुलाई राज्यले व्यवहारिक शिक्षा र सीप प्रदान गरि समाजमा पुनस्थापन गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका सभापति निर्माण कुमार श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जयराम भारी, विद्यामन्दिर माविका पूर्व प्रअ जगन्नाथ आचार्य, हिराबहादुर केसी लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका सचिव निरज शाक्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विद्या खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष मनमाया श्रेष्ठको अध्यक्षता, सुरेश प्रसाद श्रेष्ठको स्वागत र निरज शाक्यको संचालनमा सम्पनन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *