पत्रकारमा आलोचनात्मक चेत हुनुपर्छ : शर्मा

आदर्श अनलाइन, बागलुङ
प्रेस संगठन नेपालका सह–इन्चार्ज ओम शर्माले पत्रकारमा आलोचनात्मक चेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने क्षमता पत्रकारमा हुनुपर्ने बताउनुभयो ।

उहाँले प्रतिगमनमा लाग्ने कसेलाई नछोड्न पत्रकारहरुलाई निर्देशन गर्नुभयो । उहाँले आज केपी शर्मा ओलीले चालेको कदम भोली प्रचण्ड–नेपालले चालेपनि यसैगरी विरोधमा उत्रर्ने दावी गर्नुभयो ।
नेकपा प्रचण्ड–नेपाल पक्षधर पधकारहरुको संगठन प्रेस संगठन नेपाल बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै सह–इन्चार्ज शर्माले जागरुक पत्रकारहरुको संगठन भनेको प्रेस संगठन नेपाल रहेको उहाँको भनाई रहेको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, प्रदेश सांसद चन्द्र बुढा मगर, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, प्रेस संगठन नेपाल गण्डकी प्रदेश इन्चार्ज हरिनारायण गौतम, प्रेस संगठन नेपाल गण्डकी प्रदेश सह–इन्चार्ज श्रीराम सिग्देल, तत्कालीन प्रेस चौतारीका उपाध्यक्ष नवराज सुवेदी, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राज भण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्त, प्रगतिशिल पत्रकार संघका जिल्ला सचिव विजय रानाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम प्रेस संगठन नेपाल बागलुङका सह–इन्चार्ज राम थापाको अध्यक्षता, प्रेस संगठन नेपाल अनुशासन आयोगका सदस्य कोपिला कँडेलको स्वागत तथा तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *