पत्रकारसँग कोरोना खोप सम्बन्धी अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ

स्वास्थ्य कार्यालय बागलुङले पत्रकारहरुसँग कोभिड–१९ खोप सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बागलुङमा दोस्रो चरणमा करिब २४ हजार खोप लगाउने तयारी भएको जानकारी दिनुभयो ।

“हामी अहिले जिल्लाभर खोप सञ्चालनका लागि स्वास्थ्यकर्मीको तालिम गराइरहेका छौं” गुरौले भन्नुभयो “बागलुङमा दोस्रो चरणका लागि २४ हजार खोप आउने अनुमान छ, खोपका विषयमा भ्रम चिर्न पत्रकारहरुको भूमिका महत्वपूर्ण हुन्छ,।”

पहिलो चरणमा धौलागिरी अस्पताल, गलकोट, बुर्तिबाङ र कुश्मिशेराबाट मात्र कोरोना खोप दिदै आएकोमा अहिले जिल्लाभर ६३ स्थानबाट एकसाथ कोरोना खोप लगाइने स्वास्थ्य कार्यालयको भनाई छ ।

जिल्लाका ५८ वटा स्वास्थ्य चौकी, बुर्तिबाङ, गलकोट र कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्र र धौलागिरी अस्पतालबाट खोप लगाउने व्यवस्था गरिएको कार्यालय प्रमुख गुरौको भनाई छ । खोप लगाउन तोकिएका व्यक्तिहरु सम्बन्धित स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पतालमा आउनुपर्ने हुन्छ ।

दोस्रो चरणको खोप ६५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान चलाइने स्वास्थ्य कार्यालय बागलुङका खोप सुरभाइजर राजु खत्रीले बताउनुभयो । खोप लगाइसकेपछि त्यसले सामान्य ज्वरो, वान्ता तथा आलस्य गराउने भन्दै यसको नकरात्मक भ्रम नछर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
बागलुङमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा कर्मचारीलाई गरी जम्मा चार हजार ३ सय ६ जनालाई कोरोना खोप लगाइएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी र सफाई कर्मचारी १ हजार ७ सय २९ र कर्मचारी, पत्रकार, जनप्रतिनिधि लगायत २ हजार ५ सय ७७ जनालाई खोप लगाइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *