नेपाल लेखापढी कानूनी व्यवसायी बागलुङको अध्यक्षमा : श्रेष्ठ


आदर्श अनलाईन, बागलुङ
नेपाल लेखापढी कानूनी व्यवसायी इकाई समिति बागलुङको सातौं वार्षिक साधारणसभा तथा पाँचौंै अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा कल्पना श्रेष्ठ, उपाध्यक्षमा ज्ञानु कुमारी थापा, सचिवमा दुर्गादेवि शर्मा र कोषाध्यक्षमा पुष्प गिरी चयन हुनुभएको छ ।



समितिको सदस्यमा नरायण प्रसाद श्रेष्ठ, आत्मराम शर्मा, जमूना थापा, यशोधा शर्मा, मिना पुन चयन हुनुभएको छ । यस्तै लेखा समितिको संयोजकमा वद्रीनारायण शर्मा, सदस्यमा दिनश श्रेष्ठ र मिना थापा रहनुभएको छ । कार्यक्रममा नेपाल लेखापढी कानूनी व्यवसायी गण्डकी प्रदेश सदस्य बाबुराम शर्माको प्रमुख आतिथ्यता, इकाई समितिका अध्यक्ष विशाल प्रसद आचार्यको अध्यक्षता तथा सचिव ज्ञानु कुमारी थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष तसल्सीराम सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *