तस्बिरमा धौलागिरी जागरण दैनिकको १४ औं वार्षिकोत्सव

आदर्श अनलाइन,बागलुङ

धौलागिरीको ‘क’ वर्गको पत्रिका धौलागिरी जागरण दैनिक प्रकाशनको १५ औं वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवका अवसरमा पत्रिकाको प्रकाशक संस्था आदर्श सञ्चार सहकारी संस्थाले आइतबार पर्वतको मल्लाजमा पुगेर विशेष समारोह गरेको छ ।

जागरण दैनिक पत्रिकाले पछिल्लो केही वर्ष यता आफ्नो हरेक वार्षिकोत्सव सदरमुकाम भन्दा बाहिरका गाउँ–गाउँमा पुगेर मनाउने गरेको छ । यही अभियानकै क्रममा स्थानीय मल्लाज बहुउद्धेश्यीय सहकारी संस्थाको समन्वयमा आइतवार पर्वतको ऐतिहासिक कर्णेल दरबार समेत रहेको मल्लाजमा विशेष समारोहका बीच वार्षिकोत्सव मनाएको हो ।
हेरौं वार्षिकोत्सव समारोह तस्बिरमाः

२०६३ साल मंसिर २७ गते स्थापना भएको आदर्श सञ्चार सहकारी संस्थाले सोही वर्ष फागुन २३ गतेदेखि धौलागिरी जागरणको प्रकाशन शुभारम्भ गरेको थियो । शुरुमा अर्धसाप्ताहिक रुपमा प्रकाशन गरिएको पत्रिका २०६५ जेठ १ गतेदेखि दैनिक रुपमा प्रकाशित हुदै आएको छ ।

२०६८ साउनदेखि धौलागिरी जागरण दैनिकको सह–प्रकाशनका रुपमा अग्रसर साप्ताहिक पनि प्रकाशित हँुदै आएको छ । प्रेस काउन्सिलको पछिल्लो वर्गिकरणमा सहकारी मार्फत प्रकाशित धौलागिरी जागरण दैनिक (क) वर्गमा र अग्रसर साप्ताहिक (ख) वर्गमा परेको जनाइएको छ । सहकारीले पछिल्लो समय डिजिटल पत्रकारितालाई अगाल्दै आदर्श सञ्चार डटकम र आदर्शको युट्युब च्यानल समेत सञ्चालनमा ल्याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *