आदर्श अनलाइन, पोखरा
पोखरामा आईतबार बिहान एक मजदुर छतबाट खसेर घाइते भएका छन् ।
पोखरा -७ मासबारस्थित उदय अधिकारीको १ तले घरमा काठको काम गर्ने क्रममा पर्सा घर भई हाल पोखरा-९ प्रगती टोलमा बस्दै आएका १८ वर्षीय समीर मियाँ छतबाट खसेर घाइते भएका हुन् ।
घाइते मियाँलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको जानकारी गण्डकी प्रदेश प्ररही कार्यालय पोखराले जनाएको छ ।