मल्लाज सहकारीका सदस्यलाई सहकारी सचेतना

आदर्श अनलाइन, पर्वत

पर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका शेयर सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ ३ दिने सहकारी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

सहकारीलाई थप प्रभावकारी, सक्षम र गतिशिल बनाउनका लागि सहकारीका सदस्यहरुको सक्रिय सहभागिता र समन्वयकारी भूमिका आवश्यक पर्ने भएकाले सदस्यहरुको क्षमता विकासका लागि तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीले जानकारी दिनुभयो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहकारीहरुले सदस्यहरुलाई उनीहरुको काम कर्तव्य र अधिकारका बारेमा सचेत बनाउनुका साथै सहकारीको विकासका लागि प्रेरित गर्नु पर्नेमा जोड दिनुभयो ।

शनिवारदेखि शुरु भएको तालिममा पहिलो दिन सहकारीका सञ्चालक र कर्मचारीहरुका लागि सहकारी लेखा व्यवस्थापन सम्बन्धी जानकारी गराइएको थियो ।

दोस्रो दिन पुरुष शेयर सदस्यहरुका लागि सहकारी सचेतना तथा तेस्रो दिन महिला शेयर सदस्यहरुको सहभागितामा तालिम सञ्चालन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी र सहकारी म्यानेजर्स क्लव बागलुङका अध्यक्ष दिपक राजभण्डारीले सहजीकरण गर्नु भएको छ ।

तालिम कार्यक्रम संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीको अध्यक्षता, उपाध्यक्ष शिव बहादुर जिसीको स्वागत र सचिव रघुनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

आफ्नै सुविधा सम्पन्न भवनबाट कारोबार सञ्चालन गरेको संस्थामा साढे ३ सय जना शेयर सदस्य, ३ करोड ३० लाख शेयर रकम, वचत ११ करोड ५० लाख र ११ करोड ६२ लाख कर्जा लगानी रहेको छ ।

संस्थाले बहुउद्देश्यीय अन्तरगत १ करोडको लागि उपभोक्ता भण्डार सञ्चालन गर्न लागेको संस्थाका प्रवन्धक प्रेम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *